लेन्समाथि पीएसजीको सहज जित

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले लेन्समाथि ३–१ ले हराएको छ ।

खेलको १९ औं मिनेटमा सालिस अब्दुल समेदले सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटिन पुगेको थियो ।
३१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए ।

गोलसँगै एमबाप्पे लिग वानमा पीएसजीको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । एमबाप्पेले १ सय ३९ गोल गर्दै कीर्तिमान बनाएका छन् ।

३७ औं मिनेटमा भितिन्हाले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए । ४० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए ।

जितसँगै पीएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पीएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।