जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका–११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महत रहेका छन् ।

उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।