राष्ट्रव्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता हुने

काठमाडौँ । शनिबार देखी स्ट्रिट वर्कआउट प्रतियोगिता हुने भएको छ । नक्सालस्थित नारायण चौरमा नेपाली यूथ फिटनेस एण्ड केलिस्थेनिक्स (एनवाईएफसी) को आयोजनामा खेलहरु सञ्चालन गरिने बताइएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा सर्वोत्कृष्ट समयमा तोकिएको वर्कआउट पूरा गर्ने खेलाडीले समग्र विजेता बन्दै ५१ हजार रुपियाँ पुरस्कार पाउनेछ ।

प्रतियोगितामा बार वर्कआउट र सर्किट वर्कआउट गरी २ वटा विधा समावेश गरिएको छ । उक्त प्रतियोगीमा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४०ं सर्किट, अन्डर १६ बार गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुनेछ । हिमालय क्वेस्टा प्रो प्रोटिन सप्लिमेन्ट कम्पनीले प्रायोजन गरेको प्रतियोगितामा ३ सय ५० देखि ४ सय खेलाडीको सहभागिता रहनेछ ।