सत्ता संघर्षका कारण २ सय जनाको मृत्यु

काठमाडौँ । सुडानमा सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ। ३ दिनदेखिको लडाईमा १८ सय जना मानिसहरू घाइते भएका छन् ।

सुडानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि भोल्कर पर्थेसका अनुसार सेना र अर्धसैनिक बलबीचको संघर्ष झन नै चर्किदै गएको छ ।

सुडानमा सेनाले नागरिक शासन पुनस्थापना गर्न ढिलाई गरेपछि आ.एस.एफ.ले बलपूर्वक सत्ता कब्जा गर्न खोजेको हो। सोही क्रममा राजधानी खार्तुमका मुख्य प्रशासनिक भवनहरु नियन्त्रणमा लिन दुई पक्षबीच भिडन्त भइरहेको छ ।

सुडानमा अहिले सेनाका प्रमुख अब्देल फतेह अल बुर्हानले शासन गरिरहेका छन् । अमेरिकाले सुडानको संघर्ष अन्त्यका लागि युद्धबिराम गर्न आह्वान गरेको छ ।