नेप्सेमा ३.०७ अंकको गिरावट

काठमाडौँ । लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।

आज २ सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार ९ सय २० कित्ता शेयर रू ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन् । होटल तथा पर्यटन समूह ४०.७५, म्युचुअल फन्ड समूह ०.०८ र निर्जीवन बीमा समूह ५.४३ अङ्कले बढेको छ ।

बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४९.६१ र लघुवित्त समूहको उपसूचक २०.६५ अंकले घटेको छ ।

बैंकिङ समूह ०.०१, विकास बैंक समूह १२.२७, वित्त समूह ६.८६, जलविद्युत् समूह २.४९ र लगानी समूह ०.३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । आज जीवन बीमा समूह ११.३०, व्यापार समूह १८.९४ र अन्य समूह ०.३६ अङ्कले घटेको छ ।

आल कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य बढी घट्नेमा भने सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५.०५ प्रतिशतले घटेको छ ।