६ दिनसम्म अन्नपानी नपाएका ८ मछुवारा डुबेको आशङ्का

काठमाडौँ । गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका ८ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा ६ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ ।

अष्टे«लियामा ८ वर्षयता आएको सबैभन्दा शक्तिशाली चक्रवात इल्सामा परेका ती मछुवाराले आफूसँग अन्नपानी नहुँदा र आफ्नो डुङ्गासमेत डुबेपछि जीवन नै त्याग गरेका हुनसक्ने अष्ट्रेलियाली समुद्री सुरक्षा प्राधिकरणले बाँचेका मछुवारालाई उद्धृत गर्दै जनाएको छ ।

पुत्रीजया नामको डुङ्गा हिन्द महासागरमा डुबेको र त्यसमा सवार एक जनालाई तीस घण्टापछि उद्धार गरिएको थियो । एक्सप्रेस वान नाम गरेको अर्को डुङ्गाका मछुवारा भने आफ्नो वाहन डुबेपछि टापुमा बसिरहेका बेला नियमित हवाई गस्तीमा रहेको अस्ट्रेलियाली सीमा बलले उनीहरूलाई देखेका थिए ।