बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

काठमाडौँ । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेका छन् ।

बुधबार दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक जनकपुरतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते चालक र उनकी भतिजीकोको शुभ स्वस्तिक अस्पताल बर्दिबास र श्रीमतीको ट्रमा सेन्टर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।