आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका बिहीबार आगलागी हुँदा २ वटा घर र १ गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट पाणिनी गाउँपालिका ८ का स्थानीय डिल कुमारी बिक र लिलापति बिकको दुई वटा घर र एउटा वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्याल अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको उनले बताए । जंगलमा लागेको आगो बस्तीमा पुग्दा आगलागी भएको उनले बताए । ३ वटै सुरक्षा निकाय र स्थानीय लगायतको सहकार्यमा आगो नियन्त्रणमा आएको प्रहरी रिजालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष मिना अर्यालले आगलागी पीडितलाई तत्काल राहत स्वरुप १५ हजारकाका दरले नगद हस्तान्तरण गर्ने बताए ।