कैदीको पत्र, को गीत, घरै बसुँ पिरै पिर हो सार्वजनिक

काठमाडौँ । फिल्म कैदीको पत्र,को गीत घरै बसुँ पिरै पिर हो, सार्वजनिक भएको छ । वैशाख १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सार्वजनिक गीतमा कलाकार पृथ्वीराज खत्री फिचर्ड छन् भने कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ।

गीतमा सनम कुमार वैरागको शब्द रचना, विनम्र कर्माचार्यको सङ्गीत तथा अभिषेक कार्कीको स्वर छ । फिल्मको सम्पूर्ण छायाङ्कन स्कटल्यान्डमा भएको हो ।

फिल्मका निर्माता दिल घले, नानी वैराग, कैलाश विश्वकर्मा र हिराल जोशी छन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायाङ्कन, अर्जुन जीसङको सम्पादन र यासिन एनचौबीको रङ्ग संयोजन छ ।

फिल्ममा कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिस कलाकारको अभिनय छ ।