तत्कालीन नापी अधिकृतसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियाार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दास महर्जन, अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादव, मालपोत कार्यालय चावहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानुन विपरीत कित्ताकाट गरेको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरेको जानकारी दिए ।

अख्तियारका अनुसार नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत पाण्डेय र सर्भेक्षक यादवले मूलपानी १ ९ख० कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजको रुपमा चिनिने नक्सामा अनाधिकृत रुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप छ ।