सन्दीप लामिछाने बने ओडिआईमा छिटो १०० विकेट लिने खेलाडी

काठमाडौँ । किक्रेटर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १ सय विकेट लिने कीर्तिमान बनाएका छन् । लामिछानेले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाम गरेका छन्।

यस अघि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा १ सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा १ सय विकेट पूरा गरेका थिए ।

२०१८ मा खानले बनाएको उक्त कीर्तिमान तोड्दै सन्दीपले आफुले खेलेको ४२ एकदिवसीय अन्तराष्ट्रियमा १ सय विकेट पूरा गरेका छन् ।

शुक्रबार एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा विकेट लिँदै लामिछानले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सय विकेट पुर्‍याएका हुन्। उनले १२.३ ओभरमा ओमानका सफिकको विकेट लिएका  हुन्।

लामिछाने पहिलो पटक सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। डेब्यूमै उनले एक विकेट लिएका थिए।