पाँचथरमा पिकअप दुर्घटना हुँदा १ को मृत्यु, ५ घाइते

काठमाडौँ । पाँचथरमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा फालेलुङ ८ का साजन केरुङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

आइतबार बिहान ८ बजे फालेलुङ–८ लुवाफुबाट फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक छवि अधिकारीसहित ५ जना घाइते भएका छन् । पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

घाइते तीन जनालाई झापातर्फ रेफर उनले बताए। बाँकी दुई जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।प्रहरी प्रमुख खतिवडाले दुर्घटनाको कारण खुल्न नसकेको बताए ।