तोलामा ९ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । आज साताको पहिलो कारोबार दिन तोलामा तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सयमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २ सयमा कारोबार भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।