के डोल्पा जाने बाटोमा ब्रेक लागेको हो ?

जाजरकोट । तोकिएको समय भन्दा एक वर्ष पछि निर्माण कार्य सुरु भएको नलगाड –१२ स्थित भेरी नदीको बेलिब्रिज पुल अनोलमा परेको छ । जाजरकोट ,रुकुम पश्चिम हुँदै डोल्पा सिधा यातायात गर्नका लागि मुख्य मानिएको उक्त पुल निर्माण हुँदै गर्दा बीचमै नदीमा खसेपछि पुल कहिले निर्माण हुन्छ भन्ने अनोल सिर्जना भएको छ ।

वैशाख ७ गते बेलिब्रिज जडान गर्दै गर्दा पुल खसेपछि दुइ जनाको ज्यान समेत गएको थियो । सात जना घाइते भएका थिए । अहिले पुल निर्माण कार्य रोखेर संघीय सडक सुपरीवेक्षण सडक तथा अनुगमण कार्यालय कार्यालयका प्रमुख रुपकराज भण्डारीको संयोजकत्वमा तीन सदस्य समिति बनाइ काम थालिएको छ । उक्त छावीन समितिले भौतिक क्षती यथार्थ विवरण र सुझाव सहितको प्रतिबेदन दिन कार्यदेश दिइएको छ । हिम सगरमाथा खड्का कृष्ण जेभी बसुन्धारा काठमाडौँले उक्त पुल निर्माण गरिरहेको थियो ।

पुल निर्माण गर्दा क्रेन नै पुल माथि लिएर काम गरेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् । अहिले भेरीमा खसेको पुल माथी नै क्रेन रहेको छ । पुलको टन बोल्डहरु नकस्दै पुलमा प्रयोग हुने सामग्रीहरु पुल माथीबट क्रेनले तानेर राख्न खोज्दा पुलको एक छेउबाट थल्किएर नदीमा खसेको स्थानीयबासी रशमी मल्लले बताए । पुल निर्माण गर्दा निर्माण व्यवसायी बुदीबहादुर खत्री कम समयमा फिल्ड आउने गरेको स्थानीयबासीको आरोप छ । सडक डिभिजन चौरजहारीले समेत भेरीको खसेको पुलको स्थलगत अनुगमण गरेको बताएको छ ।

अनुगमणबाट पुलको नट बोल्डहरु नकस्दै क्रेन पुल माथी राखेर भुइबाट निर्माणका सामग्रीहरु राख्न खोज्दा एक छेउ धल्किएर भेरीमा पुल खसेको पाइएको डिभिजन प्रमख आसुतोष कर्णले बताए । भुइबाट निर्माणका सामग्रीहरु पुल माथी राख्नुपर्ने भएपनि निर्माण नसकिदै क्रेन माथी राख्दा समस्य आएको उनको भनाई छ । क्रेन चलाउने अप्रेटरले कसैको सल्लाह नै नलिएर पुल माथी क्रेन राख्दा र निर्माण व्यवसायीले काम छिटो गर्ने नाममा जथाभावी गर्न खोजेपछि समस्य आएको सरोकारवाला निकायको भनाई छ । पुल भाँचिएको नभई एक भाग लत्किएर खसेको पाइएको छ ।

उत्ता सडक विभागले छानवीन समितिको निष्कर्ष तत्काल निकालेर अधुरो काम पुरा गरी डोल्पा सिधा यातायातका सञ्चाालन गर्न यसै आर्थिक वर्षमा पुल निर्माण कार्य जसरी नि निर्माण गर्ने बताएको छ । पुलमा एक साइटको दुइ ठाउँमा मात्र बाँगिएको प्राविद्यिकले बताएका छन् । अहिले पुल निर्माणको काम ठप्प भएको छ । भेरी नदीमा पानी बढेपछि अस्थायी रुपमा निर्माण गरिएको पुल बगाएर लिएमा डोल्पा जाने बाटो अवरुद्ध हुने छ ।

पुलमा थपिएको भाका २०७९ माघ ३० गते समाप्त भइसकेको छ । यो म्याद थप गरेको समय समेत गुर्जिसकेको अवस्थामा पुल भेरी खसेपछि थप समस्य आएको छ । २०७८÷०९÷१६ मा पुल निर्माणको लागि सम्झौता भएको थियो । रासस