‘उपनिर्वाचनमा ठूला दलप्रति जनताको चासो देखिएन’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।

सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने बताएका छन् ।

उनलेअहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने र पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेको जनाइएको छ ।