चितवन २ मा लामिछानेले ३६०० मत कटाउँदा ४ उम्मेदवारको मत शून्य !

काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार रास्वपा उम्मेदवार रवि लामिछानेले ३६०२ मत  प्राप्त गरेका छन्,भने चार उम्मेदवारको मत शुन्य रहेको छ ।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ३६०२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवारहरु सन्तोष थापा, नारा प्रसाद पौडेल, मोजराज बगाले र रामकृष्ण ओझाले १ मत पनि पाउन सकेनन् ।

जारी मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले २०८२ मतका साथ रविलाई पछ्याइरहेका छन् ।