सीटी होटेलले बाँड्यो वैदेशिक तर्फको आईपीओ

काठमाडौँ । सीटी होटेलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई बिक्री खुलाएको साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ ।

कम्पनीले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्मका लागि आईपीओ बिक्री खुलाएको थियो । एक अर्ब ६७ करोड चुक्ता पुँजीको १० प्रतिशतका दरले सेयर बिक्री खुलाएको थियो ।

सोही अनुसार कम्पनीले १६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुलाउने निर्णय गरेको थियो । यसमध्ये १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुटाइएको थियो ।

यो सेयरमा १९ हजार ७७८ जनाले आवेदन दिएका थिए । कूल आवेदकमध्येबाट गोला प्रथाबाट १६ हजार ७ सय ४० जनाले १० कित्ताका दरले सेयर पाएका हुन् ।