बढ्यो सुनको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोलामा १ लाख ९ हजारमका कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १ सयमा कारोबार भएको थियो । सोमबार तेजाबी सुन तोलामा १ लाख ८ हजार ६ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।