बारा–२ मा उपेन्द्र यादवको अग्रता बढ्यो

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार मत कटाएका छन् । यादवले १८ हजार ९६ मत ल्याइ अग्रता लिइरहेका छन् । उनलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मतका साथ पछ्याइ रहेका छन् । यादव र कुशवाहको मतान्तर ५ हजार १३ रहेको छ।

तेस्रो स्थानमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ५ हजार ४ सउ ५९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रमेशप्रसाद खरेल २ हजार १ सय ६३ मतका साथ चौंथो स्थानमा छन् ।