विनिता बनिन् दृष्टिविहीन महिला क्रिकेटमा शतक पूरा गर्ने पहिलो खेलाडी

पोखरा । भारतसँगको दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले पराजित भएको छ ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा विनिता पुनको १ सय ११ रनको उत्कृष्ट शतकसँगै नेपाल विजयी भएको हो । यो सँगै नेपालको बी ३ समूहकी खेलाडी पुनले विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने पहिलो दृखेलाडी बनेकी छन् ।

नेत्रहीन संघ गण्डकीले आयोजना गरेको नेपाल भारत दुइपक्षीय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको उद्घाटन नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो ।

भारतले नेपाललाई १ सय ७३ रनको लक्ष्य दियो। पहिले ब्याटिङ गरेको भारतीय टोलीकी गंगौभाले अर्धशतक पूरा गरेकी थिइन्। उनले आफ्नो टिमका लागि सर्वाधिक ७१ रन बनाएकी थिइन् । १ सय ७३ रनको लक्ष्य नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि मनकेशरी चौधरीले ३१ रन, सरिता घिमिरेले २१ रन बनाए । प्लेयर अफ द म्याच भएकी बिनिता पुनले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरिन् ।