शुक्रबार रातीबाट हिउँदे अधिवेशन अन्त्य हुने

काठमाडौं । उपनिर्वाचनमा निर्वाचित दुई संसदको शपथ ग्रहणसँगै आज शुक्रबार रातीबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज सकिने भएको । आज बस्ने वैठक हिउँदे अधिवेशनको अन्तिम वैठक हो ।
मंसिर ४ गते भएको निर्वाचत पश्चातको यो अवधिमा दुई पटक सरकारले विश्वासको मत लिनु परेको छ । विगतमा एमालेसँगको गठवन्धनमा सरकारमा गएको माओवादी नेतृत्व सरकार पछि कांग्रेससँग मिलेर संसदबाट विश्वासको मत लिएको हो । त्यससगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेले दुई पटक निर्वाचन जितेका छन् ।
दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट हार खाएका लामिछानेले दोश्रो पटक निर्वाचित भएर हिउँदे अधिवेशनको अन्तिम दिन शपथ ग्रहण समेत गरिसकेका छन् ।