ऐतिहासिक जनमत सहित दोश्रो पटक संसदका रुपमा लिए लामिछानेले शपथ

काठमाडौं । आफूमाथि लगाइएको गलत लाञ्छनाको प्रतिवाद जनमतबाट नै गर्ने उद्घोष गरेका रवि लामिछाने अन्तत उप निर्वाचनमा ऐतिहासिक मत सहित विजयी भएर एउटै संसदको एक अधिवेशन भित्र दोश्रो पटक शपथ लिने व्यक्ति बन्न पुगेका छन् ।

सायद नेपाली राजनीतिक इतिहासमा यो नै पहिलो पटक हुन सक्छ । राजनीतिक दल घोषणा गरेको चार महिनामा नै जनता माझ पुगेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उत्साहजनक मत ल्यायो र सोही अनुरुप संसद पनि ।

मंसिर ४ गतेको निर्वाचनमा चौथो दलका रुपमा आएको रास्वपाका सभापति रवि लामिछानेलाई दोहोरो नागरिकता प्रयोगको आरोपमा सर्वोच्चमा रीट हालियो । सर्वोच्च अदालतले रविको सांसद पद नै खारेजी गर्ने गरी अनागरिक बनाईदियो । लामिछानेले तत्काल उपप्रधान सहितको गृहमन्त्रीबाट सहजै राजीनमा दिए । जसका कारण चितवनबाट निर्वाचित भएका लामिछानको निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन पुग्यो ।

रवि लामिछानेलाई राजनीतिक दलहरुले गर्नुसम्म बदनाम गर्ने प्रयास गरे । दलसँग जोडिएका न्यायाधीशहरुले अनागरिक नै बनाईदिए । तर चितवनबासीहरुले सत्ता गठवन्धनमा रहेका दल, सत्ता बाहिर रहेको ठूलो पाटी एमालेको समेत नाकै काटिने गरी अध्यधिक पद सहित निर्वाचित गराए ।

तिनै चितवासीहरुको रोजाईमा परेका रविले संसदको हिउँदे अधिवेशन अन्त्य गरिने दिन शपथ ग्रहण गरी आफूलाई अनागरिकबाट नागरिक सहित बलियो सांसदका रुपमा उभ्याएका छन् ।