प्रधानमन्त्रीले दिए रास्वपाका सभापति लामिछानेलाई वधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वधाई तथा शुभकामना दिएका छन् ।

यही बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री दाहाललाई भेट्न आइतबार बालुवाटार गएका हुन् ।

यसैबीच रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आएका छन् । तर सो पार्टीले सरकारमा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन ।