दुर्घटनामा २ को मृत्यु, १ गम्भीर घाइते

काठमाडौँ । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना २ जानको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा १ जना घाइते भएका छन् ।

मृत्यु हुर्नेमा कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौँ महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँ रहेका छन् ।

कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा स्थिति काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते अवस्थामा रहनुभएका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो ।