नगर प्रतिभा छनोटमा गायनतर्फ प्रथम प्रदीप

खोटाङ । खोटाङ कलाकार समाजले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजना गरेको ‘पालिका प्रतिभा खोजी’ कार्यक्रममा गायनतर्फ वडा नं. ११ खार्मीका प्रदीप राई प्रथम हुन सफल भएका छन्।

गायक राईले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै रु २० हजार राशिको पुरस्कारसहित जिल्लाव्यापी छनोट प्रतियोगितामा सहभागी हुन पाउने अवसर प्राप्त गरेका छन् । तस्बिर केदार मगर÷रासस