१ हजार ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला १ हजार ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० छ । यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २०ले बढेर १ हजार ४ सय २५ पुगेको महासङ्घले जनाएको छ ।