उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डे पक्राउ परेका हुन्। बयानका क्रममा पक्राउ परेकाहरूले पाण्डेको नाम मुछेपछि सोधपुछका लागि पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको हो। नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता रहेको प्रहरीले बताउँदै आएको छ। उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए ।

मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेको प्रहरी अधिकारीहरु बताउँछन् ।