नेप्से परिसूचक ९.१८ अंकले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक ०.४९ प्रतिशतको गिरावटसँगै १८५७ अंकमा आएर रोकिएको छ ।

आज ५१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यसबाहेक १ सय ५६ वटा कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य भने स्थिर कायम छ ।

आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ६.०९ प्रतिशतको र स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सनको सेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ ।

यस्तै,आज एनआईएमबीएल ग्रोथ फण्डको सेयर मूल्य ५.३५ प्रतिशतले खुम्चिएको छ । कारोबार भएकामध्ये २ वटा समूहमा बाहेक सबै समूहमा गिरावट आएको छ । आज उत्पादनमूलक र म्यूचुअल फण्ड समूहबाहेक सबै समूहमा गिरावट आएको हो ।

आज सबैभन्दा धेरै सेयर कारोबार सिवम सिमेन्टको भएको छ । यो कम्पनीको ३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

ताजा अपडेट