पूर्वमन्त्री रायमाझी पक्राउ

फाईल तस्बिर

काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्वमन्त्री रायमाझी भैरहवाबाट बिहीबार बिहान पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई बिहीबार नै काठमाडौं ल्याइने तयारी भएको छ। रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन् ।

रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए ।