पाँच कारोबार दिनपछि बढ्यो नेप्से

काठमाडौँ । साता कारोबारको अन्तिम दिन सेयर बजारका सबै सूचक बढेको छ । आज नेप्से परिसूचक १२.७ अंकले बढेर १८६९ अंकमा बन्द भएको छ ।

आज कुल ७३ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । १६२ कम्पनीको मूल्य बढ्दा ५० को घट्यो भने ६ को स्थिर छ ।

त्यसैगरी  बैंकिङ ४, विकास बैंक २२, फाइनान्स २०, होटल तथा पर्यटन २६, जलविद्युत् २९, जीवन बीमा ५०, उत्पादन २६, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा १३१, अन्य १२ र ब्यापार उपसमूह १४ अंक बढे ।

लक्ष्मी लघुवित्तको ९, सयपत्री हाइड्रोको ८, आत्म निर्भर लघुवित्तको ८ र मनकामना स्मार्ट लघुवित्तको मूल्य ७ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।