दृढताका साथ भ्रष्टाचारीलाई कार्वाही गर्ने प्रधानमन्त्री दाहालको भनाई

sf7df8f}F,@! k';M k|d bfxfn l;+xb/af/l:yt cfkmg} sfo{sIfdf k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । उनले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे । उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने समेत जानकारी दिए । प्रधानमन्त्रीले दोषी नछुटाउने र निर्दोष नफस्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकासाथ अघि जान्छ । दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ ।’’ प्रधानमन्त्री प्रचण्डको भनाई छ ।