इजरायली कारबाहीमा इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु

काठमाडौँ । इजरायली सेनाले बिहीबार बिहाना गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु भएको छ ।

इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरको मृत्यु भएको हो ।

इजरायली सेनाले बुधबार दिनभर र राति गरी १३० बढी निशानामा बमबारी गरेको छ । प्यालेस्टिनी मिलिसियाले पनि साढे चार सय बढी रकेट इजरायलतर्फ प्रहार गरेको छ । इजरायली सेनाको आक्रमणबाट आफ्नो मिसाइल युनिटका वरिष्ठ कमाण्डर अलि हसन गलीको मृत्यु भएको इस्लामिक जिहादले स्वीकार गरेको छ ।