अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ । चितवनको राप्ती नगरपालिका चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित सोही नगरपालिका बरिनटार बस्ने ६२ वर्षीय मान बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३३ वर्षीय बिक्रम देउवालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, मायादेबी गाउँपालिका बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका बस्ने २६ वर्षीय कृष्ण भण्डारी र सोही नगरपालिका सिदिपुर बस्ने १९ वर्षीय मोहित चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.३० प १८७० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कपिलवस्तु नगरपालिका धरमपानिया बस्ने २४ वर्षीय सोनु खठिकबाट किनेर ल्याएको खुल्नआएपछी सोनुको घरबाट २ ग्राम ७ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २४ हजार २ सय ५० रूपैयाँ फेला पारी सोनुसमेतलाई प्रहरीले पक्राउ गरेको छ ।