६ करोड रुपैयाँ भन्दा बढीको जुत्तासहित ३ वटा ट्रक प्रहरीद्धारा नियन्त्रण

काठमाडौं । नक्कली बिलबिजक बनाएर राजस्व छली गरेको आशंकामा ६ करोड रुपैयाँ बढीको जुत्तासहित ३ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगर–१५ स्थित पूर्व–पश्चिम राजमार्गबाट ३ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शेलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा ट्रकलाई चेकजाँच गर्दा जुत्ताको बिलबिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो।

अमेरिकी डलर ४ लाख ८८ हजार १७३ ९६ करोड ४२ लाख २९ हजार ४५०० मूल्य लेखिएको प्रज्ञापनपत्र सहित ना३ख७४५०, ना३ख ७६५८ र ना३ख७७५० नम्बरका तीन वटा नियन्त्रणमा लिइएको हो।

ट्रकमा लोड गरिएका एडिडास सुपरस्टार जुत्ताको बिल बिजक शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि तीन वटै ट्रक राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।