आर्सनल हारेपछि सिटी उपाधि नजिक

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा आइतबार राति ब्राइटनविरुद्ध घरेलु मैदानमै ०–३ को  स्तब्धपूर्ण हार बेहोरेपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । आर्सनलको उपाधि जित्ने सपना करिब समाप्त भएको छ।

घरेलु मैदानमा भएको खेलमा ब्राइटनविरुद्ध निरीह देखिएको आर्सनलले पहिलो हाफ गोलविहीन बराबरी खेलेको थियो। से खेलमा जुलियो इन्सिसोले ५१औं मिेनटमा गरेको गोलसँगै भ्रमणकारी ब्राइटनले अग्रता लिएको थियो।

निर्धारित ९० मिनेटको खेल सकिन चार मिनेट बाँकी रहँदा डेनिज उन्डावले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर बनाएका थिए।

घरेलु टिमविरद्ध हाबी बनेको ब्राइटनका लागि इन्जुरी समयमा पुन पेर्भिस इस्टुपिनियानले गोल गर्दै ०–३ को जित सुनिश्चित गरे।

जितसँगै ३४ खेलबाट ५८ अंक जोडेको ब्राइटनले अर्को सिजन युरोपेली फुटबल खेल्ने सम्भावना कायम राखेको छ। छैटौं स्थानको ब्राइटन पाँचौं स्थानको लिभरपुलभन्दा चार अंकले पछाडि छ। पराजित आर्सनलले लिग लिडर म्यानचेस्टर सिटीसँग अंक दूरी घटाउने मौका गुमाएको छ।

सिटीभन्दा १ खेल धेरै खेलेको आर्सनल ८१ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको सिटीको ३५ खेलबाट ८५ अंक छ। सिटीले जारी सिजनका बाँकी तीनमध्ये १ खेलमा मात्रै जित निकाले पनि लिग च्याम्पियन बन्ने छ।