गत बर्षको तुलनामा यो बर्ष राजस्व संकलन ९८ प्रतिशतले कम

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाख मसान्तसम्म ३ खर्ब ७१ अर्ब ५९ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा उक्त राजस्व ९८ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा विभागले ३ खर्ब ७८ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आवको बैशाख महिनामा मात्रै विभागले ३४ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले बैशाख मसान्तसम्म आयकर शीर्षकबाट एक अर्ब ५९ करोड ५ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, घरहाल कर शीर्षकबाट दुई अर्ब १६ करोड ७५ लाख, ब्याजबाट ३० अर्ब २८ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

त्यस्तै, यस अवधिमा भ्याटबाट ८८ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ, अन्तशुल्क शीर्षकबाट ८४ अर्ब ११ करोड ८४ लाख रुपैयाँ, स्वास्थ्य सेवाबाट ५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ र शिक्षा शीर्षकबाट एक अर्ब ५० करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

विभागले चालु आवको बैशाख महिनामा ३४ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त राजस्व गत आवको सोही महिनाको तुलनामा ९७ प्रतिशतले कम हो । जबकी गत आवको सोही अवधिमा विभागले ३५ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आवको बैशाख महिनामा विभागले आयकर शीर्षकबाट ८ अर्ब ८३ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै यस अवधिमा घरबहाल करबाट एक अर्ब ९७ करोड एक लाख रुपैयाँ, ब्याजबाट पाँच अर्ब ६ करोड ७८ लाख रुपैयाँ र भ्याटबाट ९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

विभागका अनुसार यस अवधिमा अन्तशुल्क शीर्षकबाट ९ अर्ब ८२ करोड ८९ लाख रुपैयाँ, स्वास्थ्य शीर्षकबाट ५२ करोड ९५ लाख रुपैयाँ र शिक्षा शीर्षकबाट २३ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले गत आवको चैत महिनाको तुलनामा घर बहाल कर, ब्याज, अन्तशुल्क स्वास्थ र शिक्षामा भने राजस्व संकलनमा सुधार गरेको पाइएको छ । त्यस्तै गत चैत मसान्तसम्मको तुलनामा पनि विभागले ब्याज, अन्तशुल्क, स्वास्थ्य सेवा र शिक्षा शीर्षकमा राजस्व संकलनमा उल्लेख्य रुपमा सुधार गरेको छ ।