माधव नेपाल भन्छन् : नक्कली शरणार्थी प्रकरणमा सरकारले खुट्टा नकमाओस्

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा सरकारले चालेको कदमको प्रशंसा गरेका छन्।

समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमवार वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको नक्कली पहिचान बनाएर विदेश पठाउने कामलाई राष्ट्रद्रोही भनेका छन्।

देशको मान, सम्मान र मर्यादामा आँच पुर्‍याउने भ्रष्टाचार प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

‘राजनीतिको आडमा ठगी खाने पेशा बनाउनेहरुलाई कुनै पनि हालतमा संरक्षण गर्नु हुँदैन, दण्डित गर्नुपर्छ’, उनले भने, ‘अहिलेसम्म सरकारले जुन कदम चालेको छ, एकदमै सह्रानीय छ। अन्तिम समयसम्म पनि सरकारले खुट्टा कमाउनु हुँदैन।’