‘देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा रहेछ, सरकारको नियमन हुनुपर्‍यो’

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले देशमा फेक न्युज र फेक मिडिया पराकाष्ठामै पुगेको बताएकी छन्। राणा देशबाहिर गएका खबर केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूमा आएका थिए।

त्यसप्रति लक्षित गर्दै प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै राणाले भनिन्, ‘आज म यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला। म यसपटक के भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा नै पुगिसकेको रहेछ। उनले  आफु सामाजिक सञ्जालमा सक्रिय नहुँदा यस्ता कुरा थाहा नपाएको पनि  बताइन्। ‘यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको नियमन हुनुपर्‍यो,’

उनले आफ्नो नाम लिएर नक्कली भुटानी शरणार्थीसम्बन्धी बनाइएको अडिओको छानबिन हुनुपर्ने बताइन्। ‘मैले ६ दिन अगाडि यस्तै अर्को फेक अडिओ, मेरो नाम लिएर बनाइएको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताबारे भनेर बनाएको फेक अडिओबारे फरेन्सिक टेष्टका लागि सिआइबी र साइबर क्राइम सेलमा दिएको थिएँ। दर्ता गर्न पनि मानिएको थिएन,’ उनले भनिन्, ‘तीन घन्टा लाग्यो दर्ता गर्न। ६ दिन हुँदा पनि त्यो अडिओ फेक हो कि होइन भनेर किन बताउन सकिएको छैन ? ’

उनले आफ्नो र अरूको पनि फेक अडिओ बनेको बताएकी छन्। सरकारले अडिओको सत्यतथ्य बाहिर ल्याउनुपर्ने पनि उनले बताइन्। उनले राजनितिक क्षेत्रमा महिलाहरुलाई सुसाइट गर्न बाध्य बनाएको बताइन् ।  सरकारले को दोसी त्यो प्रष्ट हुनुपर्ने बताइन ।