म्याद थपका लागि रायमाझीलाई अदालत लगियो

फाईल तस्बिर

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई हिरासतमा राख्न म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ।

उनलाई अनुसन्धानका लागि म्याद थपको प्रक्रिया पूरा गर्न अदालत लैजानुअघि प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो। सरकारी वकिलको कार्यालयबाट अदालत लगिएको हो।

राति काठमाडौँको बुढानिलकण्ठबाट उनी आइतबार पक्राउ परेका थिए।

उनीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुँदा अर्घाखाँचीमा रहेका उनी उतैबाट फरार भएका थिए। उनका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन्।

यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परिसकेका छन्।