साताको दास्रो दिन सामान्य अङ्कले घट्यो नेप्से

काठमाडौँ । साताको दास्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक ३.३४ अङ्कले घटेर १ हजार ८ सय १८.३१ अङ्कमा कायम भएको हो ।

कारोबार भएको आधारमा २ सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार २ सय ४० कित्ता शेयर २० हजार १ सय ५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९ सय ८० बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूह १० दशमलव ५५, वित्त समूह १.११, उत्पादन तथा प्रशोधन समूह २२ दशमलव ७० र लघुवित्त समूह १०.८० अङ्कले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ५१.७७ र होटल तथा पर्यटन समूहको उपसूचक १६.६४ अङ्कले घटेको छ । बैंकिङ समूह ३.७०, जलविद्युत् समूह ५.३४, लगानी समूह ०.०६, जीवन बीमा समूह ८.४७, म्युचुअल फन्ड ०.०५, व्यापार समूह ६.९४ र अन्य समूह ७.४५ अङ्कले घटेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक ग्रोथ फन्डको शेयर मूल्यमा आज सबैभन्दा धेरै ९.८८ प्रतिशतको वृद्धि देखिएको छ। सबैभन्दा धेरै घट्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा ६.४५ प्रतिशतको गिरावट देखिएको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको रू तीन करोड चार लाख ६७ हजार बराबरको शेयर खरिदबिक्री भएको छ ।