लुडोभिट ओडोर स्लोभाकियाको कार्यवाहक प्रधानमन्त्री नियुक्त

काठमाडौँ । स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोर कार्यवाहक प्रधानमन्त्री नियुक्त भएका छन् । स्लोभाकका राष्ट्रपति जुजाना कापुटोभाले पूर्व कार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ मा राजीनामा दिएपछि सोमबार ओडोरलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

स्लोभाकियाको नेशनल बैंकका पूर्व उप–गभर्नर ओडोरले गत सेप्टेम्बरमा स्न्याप चुनाव नभएसम्म राज्यले ठीकसँग काम गर्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राख्नु भएको बताइएको छ । उनले सरकारले शान्ति, स्थिरता, सहिष्णुता कायम गर्ने लक्ष्य राखेको बताएका छन् ।

ताजा अपडेट