शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली प्रहरीको अनुसन्धानलाई हस्तक्षेप पनि नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद मेटमणि चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सबैभन्दा बढी चर्चामा रहेको संवेदनशील विषय हो। प्रमाणका आधारमा दोषी देखिएका कसैलाई बाँकी राख्ने छैन। नेपाल प्रहरीको व्यवसियक र निष्पक्ष अनुसन्धानमा कुनै हस्तक्षेप गरिने छैन र गर्न दिइने छैन ।