शरणार्थी ठगी प्रकरण : अहिलेसम्म को-को पक्राउ परे हेर्नुहोुस् ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरुमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत रहेका छन् ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको उजुरीपछि यो प्रकरणमा अनुसन्धान जारी छ ।

यो प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक भने फरार छन् ।

पक्राउ परेका १६ आरोपितको नामावली हेर्नुहोस् :
१. टोपबहादुर रायमाझी – तत्कालीन उपप्रधानमन्त्री
२. बालकृष्ण खाँण – पूर्वगृहमन्त्री
३. टेकनारायण पाण्डे – बहालवाला सचिव ९तत्कालीन गृहसचिव०
४. इन्द्रजित राई – तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार
५. आङटावा शेर्पा – तत्कालीन सभासद
६. शमशेर मियाँ – नेपाल हज समितिका अध्यक्ष
७. टेकनाथ रिजाल – भुटानी शरणार्थी नेता
८. सन्दीप रायमाझी – तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा
९. नरेन्द्र केसी – पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए
१०. रामशरण केसी – बिचौलिया
११. गोविन्द चौधरी – बिचौलिया
१२. केशव दुलाल – बिचौलिया ९तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए०
१३. सानु भण्डारी – बिचौलिया
१४. टंक गुरुङ – बिचौलिया
१५. सन्देश शर्मा पोखरेल – बिचौलिया
१६. सागर थुलुङ – बिचौलिया