मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई पार्टीको तर्फबाट मन्त्रीको नाम दिने भएको छ ।

जसपाले मन्त्रीको नाम दिएसँगै आज वा भोलिबीच मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । सत्ता गठबन्धनमा रहेको जसपाले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमती बनेको छ । सोही सहमति बमोजिम प्रचण्ड नेतृत्वको सरकारले अशोक राईलाई शिक्षा मन्त्रीमा पठाइसकेको छ । अब जसपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ । जसपाले वन मन्त्रालय पाउने सहमति भएको जसपा नेताले बताए ।