शशांक कोइराला भन्छन् : भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शशांक कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन् ।

नवलपुरको कावासोतीमा भएको नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टिकरण दिँदै भने, ‘मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्‍यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।’

सो अवसरमा उनीले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए। ‘जसले पत्रकारिता बुझेको छ, समाचार सम्प्रेषण गर्छन्, तिनीहरूको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।’ नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताए ।