एमाले उपमहासचिवलाई साम्पाङले भुसुनाको संज्ञा दिएपछि…

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख विष्णु रिमाललाई भुसुनाको संज्ञा दिएका छन् ।

रिमालले साम्पाङलाई बौलाहा मेयर भन्दै आलोचना गरेपछि उनले आज रिमाललाई जवाफ फर्काएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेले छ । अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्’।

शनिबार अखिल नेपाल महिला सङ्घको बैठकमा उपमहासचिव रिमालले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रूपमा चित्रण गरेका थिए । उनले ‘धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आउँछ तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक आउने’भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए ।