प्रमुख पार्टीका नेताहरुले शरणार्थी प्रकरण टाकटुक मिलाएको गन्ध देशभरी फैलिँदैछ : असिम शाह

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख पार्टीका शीर्ष नेताहरु बसेर मिलाइसकेको हल्ला चलेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् असिम शाहले त्यसको जवाफ माग गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘प्रमुख तीन पार्टीका शीर्ष नेताहरुले टाकटुक मिलाएको गन्ध संसद्‌भरी फैलिसक्यो, देशभरी फैलिँदैछ। त्यो के हो?’

यसैगरी उक्त प्रकरणका कति खलनायक पर्दामा देखिएको बताउँदै कतिलाई पर्दामा नल्याएर लुकाउने काम भइरहेको सुनिएको उनले बताएका छन्। अडियोमा लिइएका नामहरुसँग सोधपुछ नभएको उनले उल्लेख गरेका छन्।

सम्पर्कविहीन भनिएकी सांसद संसद्‌‌मा उपस्थित भएको देखिएपछि भन्दै ती सांसदसँग सोधपुछ भए, नभएको विषयमा जवाफ माग गरेका छन्।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ मा रहस्य खोल्ने बताएको, तर त्यसबेला अनुपस्थित रहेकाले आज खुल्ने वा नखुल्नेबारे पनि शाहले प्रश्न गरेका छन्।