सांसद् पद गुमाएका ढाका कुमारको रिटको सुनुवाइ आज

फाईल तस्बिर

काठमाडौँ – २ करोड घुस काण्डमा निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् पद डा।ढाका कुमार श्रेष्ठ को रिटको सुनुवाइ आज हुँदैछ ।

व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएसँगै निलम्बनमा परेका श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको हो ।

मन्त्री बन्नका लागि २ करोड घुस मागेको अडियो बाहिरिएपछि आफूलाई सांसद पदबाट हटाउने पार्टीको निर्णयविरुद्ध श्रेष्ठले दायर गरेको रिट न्यायाधीशद्वयस् कुमार रेग्मी र आनन्दमोहन भट्टराईको इजलासमा पेशी परेको छ।

यसअघि जेठ ५ गते न्यायाधीशद्वय : अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी रहेको थियो। उक्त दिन हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको थियो। आज सुनुवाइ हुने श्रेष्ठको मुद्दा ११ नम्बरमा पेसी रहेका छ।

रास्वपाले आफूलाई कारवाही गर्ने पार्टीको उक्त निर्णयको विरोधमा श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ। दलको निर्णयको आधारमा संसद् सचिवालयले उनलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएपछि श्रेष्ठले उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई हटाउने निर्णय र नयाँ सिफारिस भएका सांसदलाई कुनै पनि काम नगर्न भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।