भ्रष्टाचारविरोधी अभियानलाई अन्दोलनका रूपमा अघि बढाइने

काठमाडौं । मोरङको विराटनगरमा विगत १५ दिनदेखि भ्रष्टाचारविरुद्धको अभियान चलिरहेको छ । अब यो अभियानलाई अन्दोलनका रूपमा अघि बढाइने नागरिक अगुवाहरुले बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अभियानलाई अन्दोलनका रूपमा स्वस्फूर्त रूपमा नागरिक अगुवा भेला भई विरोध प्रदर्शन र दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

अभियानअन्तर्गत बिहीबार बृहत् नागरिक आन्दोलनका अगुवाले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र पठाएका छन् । देशमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारले थप कडा कदम चाल्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको किर्ते प्रकरण बाहिर आएसँगै त्यसको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको मागसहित यहाँ १५ दिनदेखि आन्दोलन जारी छ ।

अभियानको नेतृत्वकर्ता सूयर्माराज राईले नक्कली शरणार्थी प्रकरण मात्र नभई भ्रष्टाचारसँग सम्बन्धित सबै विषयमा निमर्म अनुसन्धान गरी कारबाही हुनुपर्ने बताए । अभियानले विराटनगरको ट्राफिक चोकमा दैनिक प्रदर्शन गर्दै आएको छ ।