सहकारी बाट करोडौं रकम हिनामिना गरी फरार भएका मेयर निलम्बित

काठमाडौं । स्थानीय निक्षेपकर्ताका करोडौं रकम कुम्ल्याएको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पार्टीले निलम्बित भएका छन् ।

उनलाई नेकपा एमालेले पार्टीबाट निलम्बन गरेको हो ।

एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपालीमाथि इमेज बचत तथा ऋण सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी परेको थियो ।

नेपाली उक्त संस्थाको अध्यक्षसमेत हुन् ।